भारतीय प्रधानमन्त्री मोदीले दोस्रो चरणमा काेराेना विरुद्धको खोप लगाउने

डिसी नेपाल
८ माघ २०७७ १६:०४
44
Shares

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ ।

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *