टी–१० लिगका लागि पारस, करण र कुशल यूएई प्रस्थान

डिसी नेपाल
८ माघ २०७७ २०:५५
132
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, बलर करण केसी र अलराउण्डर कुशल मल्ल युएई प्रस्थान गरेका छन् ।

युएईमा आयोजना हुने टी–१० लिगका लागि पारस, करण र कुशल बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । पारस टी–१० टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । यस्तै कुशलले अबुधाबीबाट खेल्नेछन् । करण भने पुने डेभिल्समा रहेका छन् ।

नेपालका अर्का खेलाडी सोमपाल कामीले अरेबियन्सबाट खेल्ने छन् । सोमपाल यस अघि नै युएई प्रस्थान गरिसकेका छन् । टी–१० लिगकै कारण सोमपाल, कुशल र सोमपालले राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट खेलेनन् । पारसले भने एक खेल खेलेका थिए । टी–१० लिग जनवरी २८ देखि फेब्रुअरी ६ सम्म संचालन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.