पाकिस्तानलाई कोरोना खोप चीनले सहयोग गर्ने
इस्लामावाद (एजेन्सी)। पाकिस्तानलाई कोरोनाविद्धको खोपका लागि उसको मित्र देश चीनले सहयोग गर्ने भएको छ। पाकिस्तानी विदेशमन्त्री शाह महूमद कुरेशीले चीनले जनवरीको अन्तिमसम्म कोरोनाको खोप उलपब्ध गराउने जानकारी दिएको बताएका छन्।
बीबीसीका अनुसार पाकिस्तानी विदेशमन्त्री कुरेशीले आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गरेको र वार्तामा कोरोनाको खोपबारे कुरा भएको बताएका छन्। चीनले पाकिस्तानलाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताइएको छ।
चीनले १० लाख डोज खोप निःशुल्क सहयोग गर्न लागेको हो। चीनले पाकिस्तानलाई दुई चरणमा गरेर १० लाख डोज खोप दिने बताइएको। जनवरी र फेब्रुअरीमा गरी दुई चरणमा चीनले पाकिस्तानलाई चीनमै बनेको खोप सहयोग गर्ने भएको हो।
पाकिस्तान र चीनबीच शुरुदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको छ। कोरोना महामारीमा पनि चीनले पाकिस्तानलाई सहयोग गर्दै आएको छ।







डिसी नेपाल







Facebook Comment