‘कार्बन क्याप्चर टेक्नोलोजी’ बनाउनेलाई एलन मस्कले १० करोड डलर दिने
काठमाडौं । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ एलन मस्कले १० करोड डलर दान गर्ने घोषणा गरेका छन् । कार्बनडाईअक्साईडलाई कम गर्ने कार्बन क्याप्चर टेक्नोलोजीलाई प्रोत्साहन गर्नको लागि उक्त रकम घोषणा गरेका हुन् ।
मस्कले पृथ्वीमा बढीरहेको कार्बनलाई देखेर उक्त घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सर्वश्रेष्ठ कार्बन क्याप्चर टेक्नोलोजीलाई १०० मिलियन डलर दान दिनेछु ।’ यस्तै उनले लगत्तै अर्को ट्वीट गर्दै विस्तृत जानकारी अर्को हप्ता दिने बताएका छन् ।
Details next week
— Elon Musk (@elonmusk) January 21, 2021
कार्बन क्याप्चर टेक्नोलोजी वायूमण्डलमा भएको कार्बनलाई कम गर्ने प्रकिया हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment