ईरानी सर्वोच्च नेता खामेनीले दिए ट्रम्पलाई धम्की

डिसी नेपाल
९ माघ २०७७ २१:२०
2.1k
Shares

तेहरान (एजेन्सी)। ईरानका सर्वोच्च नेता आयातुल्ला खामेनीले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धम्की दिँदै एक ट्वीट गरेपछि विवाद बढेको छ। बीबीसीका अनुसार खामेनीले एक तस्वीरसहित गरेको ट्वीटमा जनरल कासिम सुलेमानीका हत्याको बदला लिइने बताएका छन्। तस्वीरमा ट्रम्प जस्तै देखिने व्यक्ति लडाकु विमानको छायाँमा गल्फ खेलिरहेको देखिएको बीबीसीले उल्लेख गरेको छ।

जनरल कासिम अमेरिकी ड्रोन आक्रमणमा गत वर्ष मारिएका थिए। उनी इराकको राजधानी बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेक्रममा अमेरिकी ड्रोन आक्रमण भएको थियो। खामेनीले सुलेमानीको हत्या गर्ने र हत्याको आदेश दिनेले मूल्य चुकाउनुपर्ने बताएका छन्। सुलेमानी मारिँदा ईरानले जवाफी कारबाही स्वरुप इराकस्थित अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण गरेको थियो।

खामेनीको यो ट्वीटपछि उनलाई ट्वीटरले निलम्बन गर्नुपर्ने आवाज उठेको छ। ट्वीटर ट्रम्पलाई सँधैका लागि ट्वीटरबाट प्रतिबन्ध लगाइदिएको छ। अब खामेनीको ट्वीटर अकाउण्ट पनि बन्द हुनुपर्ने भन्दै ट्वीर प्रयोगकर्ताहरुले ट्वीटरका प्रमुखलाई ट्याग गरेका छन्। तर, ट्वीटरले हालसम्म यो विषयमा केही प्रतिक्रिया दिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *