जापानमा ३ अर्वको रुबी चोरी

डिसी नेपाल
१४ माघ २०७७ १९:२७
396
Shares

टोकियो। जापानमा करिब ३ अर्ब रुपैयाँ बराबरको रुबी चोरी भएको छ। टोकियो मेट्रो कम्पनीको गिन्ज़ा स्टेशन नजिक रहेको मध्य टोकियोस्थित एक भवनबाट करिब २ करोड ९० लाख अमेरिकी डलर मूल्य पर्ने अप्रशोधित रुबी चोरी भएको हो।

उक्त भवनमा विक्रीसम्बन्धी वार्ता चलिरहेकै अवस्थामा बुधवार उक्त चोरी भएको प्रहरीले बताएको छ। यस घटनाबारे प्रहरीलाई बुधबार दिउँसो जानकारी दिइएको थियो।

संदिग्ध व्यक्तिले भाग्नु अघि सो बहुमूल्य रुबी पत्थर एक बट्टामा राखेको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै प्रहरीले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *