क्यामरुनमा पेट्रोल ट्याङकर र बस ठोक्किँदा आगो लागेर विष्फोट, ५३ जनाको मृत्यु

डिसी नेपाल
१५ माघ २०७७ १३:३०
200
Shares

काठमाडौं। अफ्रिकी देश क्यामरुनमा पेट्रोल बोकेको ट्यांकर र यात्रुवाहक बस ठोक्किँदा पेट्रोलमा आगो लागेर भीषण विष्फोट भएको छ । दुर्घटनामा ५३ जनाको मृत्यु भएको र २९ जना गम्भीर घाइते भएको सीएनएनले जनाएको छ । पश्चिमी क्यामरुनमा बुधबार दिउँसो ३ बजेतिर दुर्घटना भएको बताइएको छ ।

समाचार अनुसार ७० सिट क्षमताको बस ट्राभल एजेन्सीको थियो र यो बस पश्चिमी शहर फोउम्बानबाट दखेशको राजधानी याउन्दे जाँदै थियो । दुर्घटनाका घाइतेहरुलाई दाश्चांग, बफोउस्सम, अवा फोंका र अगष्टिनको अस्पतालमा भर्ना गरिएको छ । क्यामरुनमा सडक दुर्घटना आम मानिन्छ । यहाँको सरकारले ड्राइभरको गैरजिम्मेवारी र गाडीको खराब हालतले दुर्घटना भएको मान्छ । ड्राइभरहरु भने सडकको खराब स्थितिका कारण दुर्घटना भएको दावी गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *