हजार बढी रोहिंग्या शरणार्थी विवादास्पद टापूमा स्थानान्तरण गरिए

डिसी नेपाल
१६ माघ २०७७ २२:०४
360
Shares

चित्तागोङ । बङ्गालको खाडी नजिकै रहेको एक विवादास्पद टापूमा करिब एक हजार ७५० रोहिंग्या शरणार्थीलाई सारेको बङ्गलादेशका अधिकारीहरूले शुक्रबार बताएका छन् । उक्त टापू सुरक्षाका दृष्टिले जाखिमयुक्त रहेको भनी कतिपय शरणार्थीले बताइरहेको समयमा बङ्गलादेशले शरणार्थी स्थानान्तरण गरिएको हो ।

म्यानमारको सीमानामा रहेको बङ्गलादेशको कोक्स बजारस्थित शिविरबाट शुक्रबार र शनिबारमा करिब तीन हजार शरणार्थीलाई स्थान्तरण गर्न लागिएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । मानव अधिकारवादी समूहले दावी गरेजस्तै शरणार्थीलाई स्थानान्तरण गरी लग्न लागिएको भसन चार टापूमा कुनै समस्या नरहेको सरकारी अधिकारीको भनाइ रहेको छ ।

सन् २०१७ मा भएको बौद्धमार्गी तथा मुसलमान समुदायबीच झडप भएको भन्दै म्यानमारको सेनाले चलाउको कारबाहीपछि रखाइन राज्यलगायतका स्थानका अल्पसङ्ख्यक मुसलमान समुदायबाट विस्थापित बनी करिब १० लाख रोहिंग्याहरू खासगरी बङ्गलादेश, भारत, नेपाल, मलेसिया, इन्डोनेसियालगायत स्थानसम्म पुगेको संयुक्त राष्ट्र संघीय मानव अधिकार मामिला निकायको तथ्याङ्क रहेको छ ।

बङ्गलादेश सरकारले करिब एक लाख शरणार्थीलाई बङ्गालको खाडी नजिक रहेको भसन चार टापूमा बनाइएको शिविरमा सार्ने बङ्गलादेश सरकारको योजना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *