डोनाल्ड ट्रम्प समर्थकमाथि कडाइ

डिसी नेपाल
१७ माघ २०७७ १०:१९
232
Shares

काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको कट्टरपन्थी समूहहरुसँग सम्बन्धबारे अमेरिकी जाँच एजेन्सीहरुले गहन रुपमा हेरिरहेका छन् । ६ जनवरीमा संसद भवनमा भएको आक्रमणको सम्बन्धमा एउटा भिडियो भाइरल भइरहेको छ जुन भिडियोमा ट्रम्प समर्थकले आक्रमणलाई गृहयुद्ध भनेका छन् । भिडियोमा एरिजोनाका जिम अरोयो नामका दावी गरिएका व्यक्तिले युद्धको सुरुवात भइसकेको भनेको सुनिन्छ । आफ्नो दावी सावित गर्नको लागि अरोयोले एरिजोनाका प्रतिनिधि पल ग्रोसरको हवाला दिएका छन् जो कांग्रेसका सबैभन्दा दूरदराजका सदस्यमध्ये एक हुन् ।

गोसरले केही वर्ष पहिले स्थानीय शपथको च्याप्टरको भ्रमण गरेका थिए । त्यतिबेला उनीसँग के अमेरिका गृहयुद्धको लागि नेतृत्व गर्दैछ भनेर सोधिएको थियो । जवाफमा उनले भनेका थिए ‘हामी यसमा छौं । केवल हामीले अहिलेसम्म एक अर्कालाई गोली हान्न सुरु गरेका छैनौं ।’ यो भिडियो पोस्ट भएको २ महिनापछि शपथ लिने समूहका सदस्य जसको कट्टरपन्थी समूहसँग पनि सम्बन्ध थियो, ६ जनवरीमा वाशिङटनमा भएको आक्रमणमा सहभागी थिए ।

अब यी आक्रमणकारीहरुको कांग्रेस सदस्यसँग सम्बन्धबारे खोजी भइरहेको छ । साथमा यी संगठन र उनीहरुको काम कारवाही पनि सूक्ष्म तरिकाले हेरिँदैछ । यद्यपि अहिलेसम्म यो स्पष्ट छैन कि कुनै चुनिएका अधिकारीको राजधानी वाशिङटनमा भएको आक्रमण र हिंस्रक गतिविधिमा सीधा सम्बन्ध छ कि छैन वा उनीहरुले कुनै किसिमको सहयोग गरेका थिए वा थिएनन् । करिब १५० भन्दा धेरै रिपब्लिकन समर्थकहरुले ट्रम्पको त्यो दावीको समर्थन गरेका थिए जसमा उनले चुनाबमा धाँधली भएको भनेका थिए । तर गोसर ती व्यक्तिहरुमा प्रमुख थिए जसले कांग्रेसको हलमा धावा बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *