काठमाडौं भित्रियो बर्डफ्लु, भारतबाट कुखुरा आयतमा प्रतिबन्ध
फाइल फाेटाे
काठमाडौं। केही महिना अघि भारतमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि भेटिएको छ। पशु सेवा विभागले काठमाडौंमा बर्डफ्लु भेटिएको पुष्टि गरेको छ। काठमाडौंको तारकेश्वर नगरपालिकामा पालिएका हाँस, कुखुरा र टर्किसमा बर्डफ्लु देखिएको विभागले जनाएको छ।
विभागले बर्डफ्लु पुष्टि भएसँगै भारतबाट रोग सार्ने जोखिम रहेका सम्पूर्ण वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ। विभागले सतर्क रहनसमेत सरोकारवालाहरुलाई आग्रह गरेको छ।
विभागले तारकेश्वरमा १८ सयभन्दा धेरै हाँस, केही कुखुरा र टर्किस नष्ट गरिएको जनाएको छ। यस्तै दानासमेत नष्ट गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment