आमाको लाश १० वर्षसम्म घरभित्रै फ्रिजमा किन राखियो ?

डिसी नेपाल
१८ माघ २०७७ १०:५१
84
Shares

काठमाडौं। एक महिलाले आफ्नी आमाको लाश १० वर्षसम्म घरभित्रै फ्रिजमा राखिरहेको पाइएको छ । जापानको राजधानी टोक्योकी ती महिलाले आफू आमासँग बस्दै आएको फ्ल्याटबाट आफू निकालिन सक्ने डरले १० वर्षअघि आमाको शव लुकाएको बताएकी छिन् । उनी बस्दै आएको फ्ल्याट उनकी आमाको नाममा लिजमा थियो ।

द गार्डियनको समाचार अनुसार महिलाको नाम युमी योशिनो हो । उनकी आमाको मृत्यु हुने समयमा उनको उमेर लगभग ६० वर्ष थियो । योशिनोले पछिल्लो समय फ्ल्याटको भाडा भुक्तानी गर्न नसकेपछि उनलाई त्यहाँबाट निकालिएको थियो । त्यसपछि सरसफाइकर्मीले फ्ल्याट सफा गर्ने क्रममा उनकी आमाको शव फ्रिजमा भेटेका थिए । रिपोर्टका अनुसार महिलाको मृत्युको समय र कारण थाहा हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *