रोबोट फिल्मको कथा चोरेको आरोपमा निर्देशकविरुद्ध गैरजमानती पक्राउ पुर्जी जारी
काठमाडौं। दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक शंकरविरुद्ध एग्मोर मेटेपोलिटन कोर्ट २ ले गैर जमानती पक्राउ पुर्जी जारी गरेको छ । रोबोट फिल्ममाथि साहित्यिक चोरीको आरोपसहित दायर गरिएको मुद्दामा पटक पटक अदालतमा उपस्थित हुन नआएपछि अदालतले निर्देशक शंकरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । २०१० मा आएको फिल्म एन्थीरन (हिन्दीमा रोबोट)माथि लेखक अरुर तमिलनन्दनले चोरीको आरोप लगाएका थिए ।
निर्देशक शंकर शनमुगम र उनका वकिल पटक पटक नोटिस पठाएपछि पनि अदालत उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो । अब यो मुद्दामा अर्को सुनुवाइ १९ फेब्रुअरीका लागि तोकिएको छ । लेखक अरुरले उजुरीमा शंकरले रजनीकान्त र ऐश्वर्या राय स्टारर फिल्ममा आफ्नो जिगुबा नामको कथाको नक्कल गरेको आरोप लगाएका छन् । अरुरको कथा १९९६ मा प्रकाशित भएको थियो ।







डिसी नेपाल








Facebook Comment