गर्लफ्रेण्डकी १८ महिनाकी छोरीलाई बलात्कार गर्दा बालिकाको मृत्यु, आरोपी युवक पक्राउ
काठमाडौं। आफ्नी गर्लफ्रेण्डकी १८ वर्षकी छोरीलाई एक युवकले बलात्कार गर्दा बालिकाको मृत्यु भएको छ । युवकलाई इटलीको पुलिसले पक्राउ गरेको छ । २५ वर्षका ग्याब्रियल रोबर्ट मारिन्काट नामका युवकलाई पुलिसले पक्राउ गरेको हो । डाक्टरहरुले बालिकाको यौनशोषण भएको बताएपछि उनी पक्राउ परेका हुन् ।
घटनापछि १८ महिनाकी बालिका शेरोन बार्नीलाई तत्कालै लोम्बार्डीको बर्गामोमा रहेको अस्पताल पुर्याइएको थियो । उनलाई सबैभन्दा पहिले उनकी हजुरआमाले बान्ताले ढाकिएको कपडा लगाएकी र बेहोस अवस्थामा फेला पारेकी थिइन् । शेरोनको जनवरी ११ मा अस्पतालमा मृत्यु भयो । उपचारमा संलग्न डाक्टरहरुले उनको शरीरमा यौन हिंसाका संकेतहरु भेटेका थिए ।

द सनको रिपोर्टअनुसार अटोप्सी रिपोर्टमा उनीमाथि यौन हिंसा भएको खुलासा भएको थियो । त्यसपछि पुलिसले ग्याब्रियललाई पक्राउ गरेको हो । ग्याब्रियल मृतक बालिकाकी आमाका ब्वाइफ्रेण्ड थिए । बालिकालाई अस्पताल भर्ना गरिँदा आरोपी ग्याब्रियलले बालिकाले आफूमाथि हिटर तानेकोले उनलाई चोट लागेको दावी गरेका थिए ।







डिसी नेपाल







Facebook Comment