चीनमा अरबौं घुस खाने पूर्व बैंकरलाई मृत्युदण्ड दिइयो
काठमाडौं। अरबौं रुपैयाँ घुस खाने एक पूर्व बैंकरलाई मृत्युदण्ड दिइएको छ । चीनको एक बैंकका यी शीर्ष अधिकारीलाई शुक्रबार मृत्युदण्ड दिइएको चीनको सरकारी मिडिया पिपुल्स डेलीले जनाएको छ । ५८ वर्षका लाइ शाओमिन चीनको सत्ताधारी कम्युनिस्ट पार्टीका पनि सदस्य थिए । उनले बरिष्ठ बैंकिङ रेगुलेटरको रुपमा काम गर्ने क्रममा १.७९ बिलियन युआन (३२ अर्ब नेपाली रुपैयाँ) घुस लिएको आरोप थियो । अदालतले यही जनवरीको पहिलो हप्ता उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।
उनलाई कुन तरिकाले मृत्युदण्ड दिइयो भन्ने खुलासा गरिएको छैन । उनीमाथि गोप्य तरिकाले दोस्रो परिवार सुरु गरेको समेत आरोप थियो । आफ्नो मूल परिवारभन्दा बाहिर उनी एक महिलासँग पतीपत्नीको रुपमा बसिरहेका थिए । गोप्य परिवारमा उनका एक सन्तान पनि थिए । लाइ शाओमिनले घुसको रुपमा यति ठूलो रकम २००८ देखि २०१८ को बीचमा लिएका थिए । शाओमिन चाइना हुआरोङ्ग एसेट म्यानेजमेन्ट कम्पनीका अध्यक्ष पनि थिए ।
Lai Xiaomin, former board chairman of China Huarong Asset Management Co., Ltd., was executed on Friday in accordance with legal procedures with the approval of China’s Supreme People’s Court. (file pic) pic.twitter.com/kf1AccELey
— People’s Daily, China (@PDChina) January 29, 2021
५ जनवरीमा तिआनजिनको सेकेण्डरी इन्टरमिडियट पिपुल्स कोर्टले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनलाई मृत्युदण्डको सजाय सुनाइएपछि सर्वोच्च अदालतले फैसलाको पुनरावलोकन पनि गरेको थियो । फैसलाको पुनरावलोकनको क्रममा उनले समाजलाई जति नोक्सानी पुर्याएका छन् त्यो उनले गरेका राम्रा काममाथि भारी पर्ने भएको ठहर गर्दै मृत्युदण्डको सजाय कायम राखिएको थियो । यसअघि शाओमिनको एउटा भिडियो पनि प्रसारण भएको थियो जसमा उनले आफ्नो अपराध स्वीकार गरेको देख्न सकिन्छ । सरकारी टिभीमा शाओमिनको बेइजिङस्थित एक अपार्टमेन्टका कैयौं भाग पैसाले भरिएको पनि देखाइएको थियो ।







डिसी नेपाल







Facebook Comment