विश्वको सबैभन्दा अग्लो कुकुरको मृत्यु

डिसी नेपाल
१८ माघ २०७७ १७:२१
112
Shares

काठमाडौं। विश्वको सबैभन्दा अग्लो कुकुरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएको कुकुर फ्रेडीको मृत्यु भएको छ । इङल्याण्डको एसेक्समा आफ्ना मालिक क्लेयर स्टोनम्यानसँग बस्ने यो कुकुरको उचाइ ३ फिट ४ इन्च मापन गरिएको थियो ।

यो कुकुर साढे ८ वर्ष बाँच्यो । सीएनएनले अमेरिकन केनल क्लवलाई उद्धृत गर्दै जनाएअनुसार यो प्रजातिका कुकुरहरु ८ देखि १० वर्ष बाँच्छन् । स्टोनम्यानले फेसबुकमा एक पोस्ट गर्दै आफू फ्रेडीको मृत्युले दुखित भएको र आँखाबाट आउने आँसुसँग संघर्ष गरिरहेको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *