कोरोनाको नयाँ प्रजातिको प्रमुख लक्षण सार्वजनिक, सुरुवाती प्रजातिको लक्षण भन्दा पूरै फरक
काठमाडौं। बेलायतबाट फैलिन सुरु भएको भनिएको कोरोनाभाइरसको नयाँ प्रजातिको प्रमुख लक्षण सार्वजनिक गरिएको छ । नयाँ प्रजातिको संक्रमणपछि देखिने लक्षण सुरुवाती प्रजातिको संक्रमणपछि देखिने लक्षण भन्दा फरक भएको वैज्ञानिकले बताएका छन् । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जानकारीअनुसार नयाँ प्रजातिबाट संक्रमितहरुमा खोकी लाग्ने, घाँटी दुख्ने, थकाइ लाग्ने र मांशपेशी दुख्ने लक्षण प्रमुख रुपमा देखिएको छ ।
द सनमा प्रकाशित समाचारअनुसार सुरुवाती प्रजातिको संक्रमणमा खोकी लाग्ने, ज्वरो आउने, स्वाद थाहा नपाउने र गन्ध थाहा नपाउने लक्षण देखिन्थे । नयाँ प्रजातिका लक्षण त्यसभन्दा फरक पाइएका छन्, खोकी लाग्ने मात्रै दुवै संक्रमणमा देखिने प्रमुख लक्षण पाइएको छ । रिपोर्टमा नयाँ प्रजातिबाट संक्रमितहरुमा स्वाद थाहा नपाउने र गन्ध थाहा नपाउने समस्या देखिने सम्भावना न्यून रहेको बताइएको छ । नयाँ भेरिएन्टको लक्षण धेरै फेरिएको छ र नयाँ भेरिएन्टबाट संक्रमितहरुमा उच्च ज्वरो आउने सम्भावना पनि न्यून रहेको रिपोर्टमा जनाइएको छ ।
सास फेर्न समस्या हुने हकमा भने पहिलेको नोभेल स्ट्रेन र अहिलेको म्युटेशनमा खासै फरक पाइएको छैन । केन्टमा पहिलो पटक फेला परेकोले केन्ट म्युटेशन नाम दिइएको नयाँ भेरिएन्ट बेलायतमा २०२० को डिसेम्बरमा भेटिएको थियो र अहिलेसम्म विश्वका ६० भन्दा धेरै देशमा फैलिइसकेको छ । यो भेरिएन्छ बेलायतबाट नेपाल आएका २ जनामा पनि देखिएको थियो ।







डिसी नेपाल







Facebook Comment