सम्पत्ति लिन समस्या हुने भएपछि ट्रम्पलाई कुनै मुद्दा नलाग्दै मेलानियाले डिभोर्स लिने
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि लगातार समस्यामा फस्दै गएका छन् । ६ जनवरीमा ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेपछि ट्रम्पमाथि महाअभियोगको कारवाही त चलिरहेकै छ त्यसमा साथै उनको व्यक्तिगत जीवनमा पनि समस्या देखिएको छ । डोनाल्ड ट्रम्पमाथि विभिन्न आपराधिक मुद्दा लगाउने तयारी छ र यही बीचमा उनकी पत्नी मेलानियालाई डोनाल्डसँग तत्कालै सम्बन्धविच्छेद गर्न सल्लाह दिइएको छ ।
डेली एक्सप्रेसको रिपोर्टअनुसार डोनाल्डमाथि आपराधिक मुद्दा लागेको अवस्थामा उनको सम्पत्ति रोक्का हुन सक्ने र मेलानियाले आफ्नो भागको सम्पत्ति नपाउने स्थिति हुन सक्ने भएकोले मेलानियाका सल्लाहकारले उनलाई मुद्दा नलाग्दै सम्बन्धविच्छेद गर्न सल्लाह दिएका छन् । ब्राण्ड र व्यवस्थापन विज्ञ एसिक शिफरका अनुसार मेलानियाका सल्लाहकारले उनलाई छिटोभन्दा छिटो डोनाल्डसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिइरहेको हुनुपर्छ । डोनाल्डसँग सम्बन्धविच्छेद गरेपछि मेलानियाले करिब १५० मिलियन डलर पाउने अनुमान गरिएको छ ।
यदि डोनाल्डमाथि मुद्दा चलाइयो र उनी कानुनी झमेलामा फसे भने मेलानियाको लागि स्थिति अझै कठिन हुन सक्छ । मेलानिया र डोनाल्डको सम्बन्धका विषयमा केही समय अघिदेखि अनुमान गर्न थालिएको छ । रिपोर्टका अनुसार डोनाल्डको ४ वर्षको कार्यकालमा उनीहरु ह्वाइट हाउसमा छुट्टाछुट्टै बेडरुममा सुत्थे । यसका अलावा डोनाल्डकी पूर्व राजनीतिक सहयोगी ओमारोसा मेनिगोल्ट न्यूम्यानले केही हप्ता पहिले ट्रम्प र मेलानियाको डेढ दशक लामो सम्बन्ध समाप्त भएको बताएकी थिइन् । त्यतिबेला मेलानियाले न्यूम्यानको कुराको खण्डन गरेकी थिइन् ।







डिसी नेपाल







Facebook Comment