सत्ता कब्जा गर्न म्यानमारको संसदमा सेना कसरी पस्यो ? झुक्किएर रेकर्ड भयो भिडियो
काठमाडौं। म्यानमारमा सत्ता कब्जा गर्नको लागि सेना कसरी संसद भवनमा प्रवेश गर्यो भन्ने एक भिडियोमा रेकर्ड भएको छ । यो भिडियोमा सेना संसद भवन प्रवेश गर्दै गरेको घटना जानेर नभइ झुक्किएर रेकर्ड भएको हो । एक महिला डान्सरले आफ्नो भिडियो बनाउँदै गर्दा संसद भवनको माहोल र घटनाक्रम झुक्किएर रेकर्ड भएको हो ।
खासमा ती महिला डान्सर संसद भवन नजिकै व्यायाम गर्दै थिइन् । उनले आफ्नो व्यायामको भिडियो रेकर्ड गरिरहेकी थिइन् । यही कारण सेनाको जथ्था संसद भवन प्रवेश गर्दैगर्दाको भिडियो रेकर्ड भयो । महिला डान्सरको नाम खिंग हनिन वाइ बताइएको छ । ट्वीटरमा शेयर गरिएको यो भिडियो यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाखभन्दा धेरै पटक हेरिएको छ ।
Una mujer hizo su clase de aerobic sin darse cuenta de que estaban dando el golpe de Estado en Myanmar. Y pues puede verse como el convoy de militares llega al parlamento. pic.twitter.com/fmFUzhawRe
— Àngel Marrades (@VonKoutli) February 1, 2021
भिडियोमा बिहानै कैयौं एसयुभी गाडी संसद भवनतिर बढिरहेको देखिन्छ । संसद भवनबाहिर ठूलो संख्यामा बेरिकेडिङ गरिएको छ । यसका बावजुद सैनिकको जत्थालाई संसद भवनमा प्रवेश गर्न अनुमति दिइन्छ । भिडियो हेर्दा त्यतिबेला ती महिला डान्सरलाई पनि आफ्नो पछाडि के भइरहेछ र आफ्नो क्यामेरामा के रेकर्ड भइरहेछ भन्ने जानकारी भएजस्तो देखिँदैन ।
पछि भिडियोको बारेमा केही प्रश्न पनि उठेका थिए । तर वाइले मंगलबार नयाँ भिडियो पोस्ट गरेर प्रश्नको जवाफ दिइन् । उनले सोमबार रेकर्ड गरिएको भिडियो पूर्ण रुपमा वास्तविक भएको बताएकी छिन् । वाइका अनुसार विगत ११ महिनादेखि उनले संसद भवनबाहिर भिडियो रेकर्ड गर्दै आइरहेकी छिन् ।







डिसी नेपाल







Facebook Comment