सैन्य कदमका कारण म्यान्मारको अर्थतन्त्रमा क्षति पुग्ने डर

डिसी नेपाल
२० माघ २०७७ १७:०८
48
Shares

बीबीसी । ठूला व्यापारिक संस्था र विश्लेषकहरूले म्यान्मारमा भएको सैन्य कूका कारण देशको अर्थतन्त्रलाई हानि पुग्न सक्ने बताएका छन्।

कम्पनीहरूका अनुसार सैन्य कदमका कारण अर्बौँ डलरको वैदेशिक लगानी जोखिममा परिसकेको छ। अमेरिकाले म्यान्मारविरुद्ध प्रतिबन्ध लगाउन सकिने बताएको छ।

तर अधिकांश लगानी एशियाका देशबाट आउने भएकाले अमेरिकाको निर्णयको ठूलो प्रभाव नपर्न सक्छ। विश्व ब्याङ्कका अनुसार गत वर्ष सिङ्गापुरबाट सर्वाधिक लगानी आएको थियो।

सिङ्गापुरबाट ३४ प्रतिशत र हङ्‌कङबाट २६ प्रतिशत वैदेशिक लगानी भित्रिएको थियो। म्यान्मारमा सेप्टेम्बरमा सम्पन्न सन् २०२० को आर्थिक वर्षमा ५.५ अर्ब अमेरिकी डलर वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *