‘बालबालिका तस्करी १५ वर्षमा तीन गुनाले बढ्यो’
बीबीसी । विगत १५ वर्षयता बालबालिका तस्करी गर्ने क्रम तीन गुनाले बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
लागुऔषध तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयको एउटा अध्ययन प्रतिवेदन अनुसार सन् २०१८ मा १४८ वटा देशमा बालबालिकाको अवैध ओसारपसारका करिब ५० हजार घटना भएको तथ्याङ्क छ।
वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने प्रतिवेदनमा उल्लेख छ।
बालिकाहरूलाई मुख्यतः यौनशोषणका लागि र बालकहरूलाई बलपूर्वक श्रम गराउनका लागि तस्करी गर्ने गरिएको राष्ट्रसङ्घले जनाएको छ।
कोरोनाभाइरस महामारीका कारण लाखौँ मानिस कामविहीन बन्न पुगेकाले र बालबालिकाहरू विद्यालय जान नपाइरहेकाले अवस्था झन् खराब हुनसक्ने प्रतिवेदनले औँल्याएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment