अहिले म्यान्मारको अवस्था कस्तो छ ?

डिसी नेपाल
२० माघ २०७७ २२:४५
212
Shares

बीबीसी । म्यान्मारमा नेत्री आङ सान सू चीसहित सयौँ निर्वाचित सांसदहरू सेनाको नियन्त्रणमा छन्। सेनाले शासन आफ्नो हातमा लिएर नेताहरूलाई पक्राउ गरेपछि उनीहरूलाई मुक्त गर्ने माग देश तथा विदेशबाट भइरहेको छ।

सू ची अहिले कहाँ छिन् भन्ने स्पष्ट छैन। सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल लगाएको छ। तर सूचीको दलसम्बद्ध स्रोतहरूले नेत्री सूची र राष्ट्रपतिलाई उनीहरूकै घरमा नजरबन्दमा राखिएको जनाएका छन्।

म्यान्मारमा विरोध प्रदर्शन भएको थाहा भएको छैन तर अवज्ञाका घटनाहरू हुन थालेका छन्। उनको दलले सू चीलाई तत्काल छोड्न माग गरेको छ।

अहिले म्यान्मारमा असहज किसिमको शान्ति छ। सोमवार राति र मङ्गलवार बिहान सडकहरू सुनसान देखिए। प्रमुख सहरहरूमा राति कर्फ्यू लागेको थियो।

सेनालाई सडकमा गस्ती गरिरहेको देख्न सकिन्छ। सोमवार अवरुद्ध भएको सञ्चार प्रणाली मङ्गलवार पूर्ववत् सञ्चालनमा आएपछि फोन र इन्टरनेट चल्न थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *