युरोपेली सङ्घलाई खोप आपूर्ति गर्न भारत इच्छुक
बीबीसी । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटका प्रमुखले युरोपेली सङ्घलाई खोप आपूर्ति गर्न चाहेको र त्यसका लागि सक्षम रहेको बताएका छन्।
सीरम इन्स्टिट्युट्ले अक्सफर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ। बीबीसीसँग कुरा गर्दै इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले आपूर्तिका लागि विद्यमान नियमहरूमा परिवर्तन गर्न आग्रह गरे।
त्यसो गरिएमा युरोपमा चाँडै खोप आपूर्ति गर्न सकिने उनले बताए। सीरम इन्स्टिट्युटले दैनिक कोरोनाभाइरस खोपको २५ लाख मात्रा उत्पादन गरिरहेको छ।
त्यसमध्ये अधिकांश भारतमा प्रयोग गरिँदैछ भने बाँकी छिमेकी देशहरूलाई उपलब्ध गराइँदैछ। कोभ्याक्स कार्यक्रममार्फत् गरीब देशहरूलाई ठूलो मात्रामा खोप उपलब्ध गराउने योजना पनि छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment