उपद्रयाहाहरुले ‘हलिउड’को चिन्हलाई ‘हलिबुब’ बनाइदिए, ६ जना पक्राउ
काठमाडौं। हलिउडको विशाल चिन्हलाई ‘हलिबुब’ बनाइदिने ६ जना पक्राउ परेका छन् । उनीहरुले ठूला ठूला अक्षरले लेखिएको ‘हलिउड’ लेखिएको चिन्हका २ अक्षर बिगारेका थिए । उनीहरुले ‘डब्लु’ ढाकिने गरी त्यसको अगाडि ठूलो ‘बी’ राखिदिएका थिए भने अन्तिमको ‘डी’ अक्षरलाई बीचबाट काटेर ‘बी’ बनाइदिएका थिए ।
HOLLYBOOB?
Happening right now. pic.twitter.com/AbGesp1JG8— Vsauce (@tweetsauce) February 1, 2021
यो हलिउड चिन्हको लस एन्जल्समा लामो इतिहास छ । हलिउडल्याण्डमा नबोल्ने फिल्मको समयमा १९२३ मा यो पहिलोपटक बनाइएको थियो । १९४९ मा हलिउडल्याण्डबाट ल्याण्ड शब्द हटाएर हलिउड मात्र बनाइएको थियो । पछि यो त्यहाँको सिनेमा उद्योगकै नामको रुपमा स्थापित भएको थियो । त्यसपछि पटक पटक यो चिन्हसँग छेडछाड गरेर उपद्रो भइरहन्छ । अहिले भने पहिलेको चिन्हलाई क्षति नपुर्याइएकोले पक्राउ परेकाहरुमाथि कुनै मुद्दा नचलाइएको लस एन्जल्स टाइम्सले जनाएको छ ।







डिसी नेपाल







Facebook Comment