जसले कोरोनासँग लड्न सवा ५ अर्ब सहयोग जुटाए, उनकै कोरोना संक्रमणका कारण निधन

डिसी नेपाल
२१ माघ २०७७ १५:३०
480
Shares

काठमाडौं। सय वर्षको उमेरमा कोरोना प्रभावितका लागि सहयोग जुटाउन २५ मिटरको आफ्नो बगैंचामा हिँडेर १०० पटक परिक्रमा गर्ने बेलायती सेनाका क्याप्टेन टम मूर आफैं कोरोनाभाइरससँगको युद्धमा हारेका छन् । क्याप्टेन टमको बुधबार १०० वर्षको उमेरमा निधन भएको हो ।

दोस्रो विश्वयुद्ध लडेका क्याप्टेन टमले कोरोनाबाट अत्यन्तै प्रभावित बेलायतको स्वास्थ्य सेवा नेशनल हेल्थ सर्भिसेजको लागि आफू लगातार पैदल हिँडेर झण्डै ३३ मिलियन पाउण्ड (सवा पाँच अर्ब नेपाली रुपैयाँ) सहयोग जुटाएका थिए । उनको यो योगदानको कदर गर्दै महारानी एजिलाबेथ द्वितीयले उनलाई ‘नाइटहुड’ सम्मानबाट सम्मानित गरेकी थिइन् । क्याप्टेन टमलाई सास फेर्न समस्या भएपछि अहिले उनलाई बेडफोर्डको अस्पतालमा भर्ना गरिएको छ ।

बीबीसीको रिपोर्टअनुसार महारानी एलिजाबेथ द्वितीयले क्याप्टेन टमको निधनप्रति दुःख व्यक्त गर्दै उनले पूरै देश र विश्वलाई प्रेरणा दिएको बताएकी छिन् । प्रधानमन्त्री बोरिस जोनसनले क्याप्टेन टम साँचो अर्थमा विश्वको लागि एक हिरो भएको बताएका छन् । ‘उनी देशको लागि प्रेरणा मात्र नभइ विश्वको लागि आशा थिए’ प्रधानमन्त्री जोनसनले भनेका छन् ।

परिवारका एक प्रवक्ताका अनुसार क्याप्टेन टमले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । अप्रिल ३० मा आफ्नो सयौं जन्मदिन मनाउनुअघि क्याप्टेन टमले सहयोग जुटाउने अभियानको घोषणा गरेपछि उनले पूरै देशको मन जितेका थिए । उनले आफ्नो अभियान सुरु गर्नुअघि १ हजार पाउण्ड जुटाउने भनेर अभियान सुरु गरेका थिए तर उनको अभियानमा यति धेरै मानिसहरुले सहयोग गरे कि उनले लक्ष्यभन्दा हजारौं गुणा धेरै सहयोग जुटाए । उनले कूल ३ करोड, २७ लाख ९६ हजार ३५५ पाउण्ड उठाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *