चीनमा वुइगर मुसलमानहरूलाई शिविरमा बलात्कार
बीबीसी । चीनमा वुइगर मुसलमान रहेका शिविरमा महिलाको बलात्कार हुने गरेको र यातना दिने गरिएको पीडितहरूको विवरण बीबीसीले प्राप्त गरेको छ।
महिनौँसम्म शिविरमा थुनेर राखिएका ती महिलाहरूले आफूहरूलाई विद्युतीय रडहरूले यातना दिइएको बताएका छन्।
नकाबधारी पुरुषहरूले कसरी एउटी महिलालाई सामूहिक बलात्कार गरेका थिए र त्यो हेर्न नियन्त्रणमा राखिएका करिब १०० महिलालाई कसरी बाध्य पारियो भन्ने विवरण शिविरमा नौ महिना बिताएकी टुर्सुने जियाउदुनले बताएकाी छन्।
उनी भागेर पहिले काजकस्तान र पछि अमेरिका पुगेकी हुन्। ती शिविरहरूमा १० लाख भन्दा बढी मानिसलाई नियन्त्रणमा राखिएको अनुमान गरिएको छ।
एउटा विज्ञप्तिमा चिनियाँ सरकारले भने महिला अधिकारको रक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको बताएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment