नेपालमा लगाइएको कोरोना भ्याक्सिनले भाइरस सर्ने क्रम ह्वात्तै घटाउने खुलासा

डिसी नेपाल
२१ माघ २०७७ १७:२९
340
Shares

काठमाडौं। अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भ्याक्सिनले मानिसहरुलाई गम्भीर बिरामी पर्नबाट रोक्नुको साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्ने क्रम ह्वात्तै घटाउने एक अध्ययनमा खुलासा भएको छ । युनिभर्सिटी अफ अक्सफोर्डले गरेको अध्ययनमा भ्याक्सिन लगाएपछि भाइरस सर्ने दर ६७ प्रतिशतले घटेको पाइएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाका अनुसन्धानकर्ताहरुले गरेको यो अध्ययन अहिलेसम्म रिभ्यू भइसकेको छैन यद्यपि यसमा भ्याक्सिनले भाइरस सर्ने दर दुई तिहाइले घट्ने देखाएको छ । बेलायती स्वास्थ्य सचिव म्याट हेन्केक बुधबार यी नतिजा अत्यन्तै उत्साहजनक भएको बताए ।

‘हामीलाई अब थाहा भएको छ कि अक्सफोर्ड भ्याक्सिनले भाइरसको प्रसार घटाउँछ र यसले हामी सबैलाई यो महामारीबाट बाहिर निस्किन सघाउँछ’ बुधबार बिहान बीबीसीसँगको अन्तरवार्तामा उनले भने ‘यसले सबैलाई भ्याक्सिनले आफूलाई सुरक्षित राख्ने मात्र नभइ आफूबाट अरुमा सर्दैन भन्नेमा समेत विश्वस्त बनाउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *