गैरकानुनी उपकरण राखेको अभियोगमा आङ साङ सुकीलाई २ वर्ष जेल सजाय हुन सक्ने

डिसी नेपाल
२२ माघ २०७७ ११:०९
136
Shares

काठमाडौं। म्यानमार पुलिसले सर्वोच्च नेतृ आङ साङ सुकीविरुद्ध गैरकानुनी रुपमा आयातित वाकीटकी राखेको अभियोगमा मुद्दा चलाएको छ । यो अभियोग प्रमाणित भएमा सुकीलाई २ वर्षसम्म जेल सजाय हुन सक्छ । राजधानीको एक पुलिस स्टेशनको दस्तावेजमा उल्लेख भएअनुसार सैन्य अधिकारीहरुले आङ साङ सुकीको घरमा खानतलासी गर्दा हाते रेडियोहरु फेला पारेका थिए जुन गैरकानुनी रुपमा आयात गरिएका थिए र सुकीका बडीगार्डहरुले बिना अनुमति प्रयोग गरिरहेका थिए ।

द गार्डियनको रिपोर्टअनुसार मुद्दा चलाइएको सुकीका पार्टीका सदस्यहरुले पुष्टि गरेका छन् । देशकै एक अखबारले जनाएअनुसार सैनिक सरकारले नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोपबारे अनुसन्धान गर्न सक्छ । निर्वाचनमा सेनाको पार्टी सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीसँग ठूलो अन्तरले पराजित भएको थियो । अर्कोतर्फ अपदस्थ राष्ट्रपति विन मिन्तमाथि निर्वाचन अभियानमा मानिसहरुलाई भेटेर कोरोनाभाइरस कानुन उल्लंघन गरेको आरोपमा मुद्दा चलाइँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *