विश्वकप लिग–२ का लागि प्रारम्भिक टिम घोषणा, युवा खेलाडीलाई मौका

डिसी नेपाल
२२ माघ २०७७ २१:२२
48
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार ओमानमा हुने सिरिजका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

टिममा प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरु समेटिएका छन् । अलराउण्डर विवेक यादव, अर्जुन कुमाल, अनुज चुनारा पहिलो पटक टिमको प्रशिक्षणमा परेका छन् । यस्तै पृथु बास्कोटा, कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् ।

घरेलु टिम ओमान, नेपाल र अमेरिकाबीचको सिरिज आगामी मार्चमा हुनेछ । नेपालले सिरिजका लागि माघ २४ गतेबाट प्रशिक्षण थाल्ने जनाएको छ । पहिलो चरणको प्रशिक्षणमा २१ खेलाडी सहभागी हुने छन् ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रारम्भिक टिम :

पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोव, राजेश पुलामी, रोहित पौडेल, सुशान भारी, साहब आलम, सन्दीप जोरा, कमल सिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरि शंकर साह, विवेक यादव, राम नरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खडक बहादुर बोहरा, अनुज चुनारा, पवन सर्राफ, शरद भेषवाकर,अविनाश बोहरा, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्‍ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का, ज्ञानेन्द्र मल्ल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.