१ हजार २ सय मेगावाट क्षमताको ब्याट्री बनाइँदै !

डिसी नेपाल
२३ माघ २०७७ ११:३०
72
Shares

काठमाडौं। १ हजार २ सय मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको ब्याट्री बनाइँदैछ । यो विश्वकै सबैभन्दा ठूलो ब्याट्री हुनेछ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्यालीमा बन्ने यो ब्याट्रीको निर्माण कार्य २०२२ मा सुरु हुनेछ । सीइपी इनर्जी नामको कम्पनीले निर्माण गर्न लागेको यो ब्याट्री निर्माणका लागि २ अर्ब ४० करोड डलर खर्च लाग्ने अनुमान गरिएको छ ।

द गार्डियनका अनुसार न्यूक्यासलको उत्तर पश्चिममा रहेको कुर्री कुर्रीमा निर्माण हुने यो ब्याट्री अहिलेसम्मको विश्वकै ठूलो ब्याट्री भन्दा ८ गुणा ठूलो हुनेछ । अहिलेको सबैभन्दा ठूलो ब्याट्री दक्षिण अस्ट्रेलियाको हन्र्सडेलमा छ । यसले २०१७ देखि काम गर्न थालेको थियो । सीइपी इनर्जीले ४ विशाल ब्याट्रीहरुको नेटवर्क बनाउने तयारी गरिरहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *