आफूले बम राख्ने, विप्लवको नाम लेख्ने ? आफ्नो कामको जिम्मा लिनुहोस् : प्रधानमन्त्री ओली
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी पार्टी हुनका लागि आफूले गरेका कामको जिम्मेवारी लिनु पर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्दै उनले भ्रम फैलाउन चाहानेका विरुद्ध जनसागर उर्लिएको बताए।
उनले भने, ‘बाटोबाटोमा बम राख्ने आफूले गरेको हैन भन्ने?, आफूलेगरेको कामको जिम्मा लिन नसक्ने अनि क्रान्तिकारी हुँ भन्ने ? आफूले गरेको कामको जिम्मा लिनु नि । भ्रम फैलाउने काम धेरै भयो। अब जनताको सागर उर्लियो भने त्यो भेललाई कसैले थेक्न सक्दैन।’
सर्वहाराको पार्टी हुनका लागि गरिबको दुःख बझ्ने हुनुपर्ने बताएका छन। ओलीले बन्दका क्रममा भएको क्षेति सरकारले बेहोर्ने समेत बताए।
‘सर्वहारा जनताको पार्टी बन्न गरिबको ट्याक्सीमा आगो लगाइँदैन।’ ओलीले भने, ‘आजको कार्यक्रम विथोल्नका लागि कथित नेपाल बन्दको नाटक रचियो। गरिबको ट्याक्सीमा आगो लगाइयो। गरिबको ट्याक्सी जलाएर सर्वहाराको पार्टी भइदैन।’
ओलीले बन्दका क्रममा भएको नोक्सान सरकारले हेर्ने बताए। उनले गरिब र जनताका लागि सरकार भएकाले ढुक्क भएर बस्न पनि आग्रह गरेका छन्। ओली भने, ‘गरिवको नोक्सान भएको कुरा सरकारले हेर्छ। ट्याक्सीको क्षेतिपूर्ति गर्न लगाउँछौं। जनतालाई हेर्ने सरकार छ। गरिवलाई हेर्ने सरकार छ। जनता ढुक्क भएर बस्नुहोला।’
उनले इतिहासकै सबैभन्दा ठूलो जनसभा काठमाडौंमा भएको दाबी गरे। उनले जनसभामा उपस्थितलाई भने ‘तपाईलाई सलाम भन्न चाहान्छु।’







डिसी नेपाल







Facebook Comment