नक्कली नेपाली नोटसहित २ जना भारतीय पक्राउ

डिसी नेपाल
२४ माघ २०७७ १७:१८
748
Shares

महोत्तरी । महोत्तरीमा नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। शुक्रबार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जलेश्वर नगरपालिकाबाट १३ हजार ५ सय नक्कली नेपाली नोटसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर–२ बस्ने ३५ वर्षीय साबिर अंसारी र भारत सितामढी ग्राम पठनपुर–१४ बस्ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् । उनीहरुको साथबाट ५ सय दरका २७ थान नक्कली नेपाली नोट फेला परेको थियो ।

बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.