जो बाइडेनले डोनाल्ड ट्रम्पमाथि लगाए कडा प्रतिबन्ध, इतिहासमै पहिलो पटक यस्तो कडाइ
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा प्रतिबन्ध लगाएका छन् । बहालवाला राष्ट्रपतिले कुनै पनि पूर्व राष्ट्रपतिमाथि यस्तो किसिमको प्रतिबन्ध लगाएको यो अमेरिकाको इतिहासमै पहिलो पटक हो । अब पूर्व राष्ट्रपति ट्रम्पले कुनै पनि ‘इन्टेलिजेन्स ब्रिफिङ’सम्म पहुँच पाउने छैनन् । राष्ट्रपति बाइडेनले शुक्रबार यसको पुष्टि गरेका हुन् ।
अमेरिकामा एक कर्टसी प्रचलनमा छ जसअनुसार पूर्व राष्ट्रपतिले पदबाट हटेपछि पनि केही इन्टेलिजेन्स ब्रिफिङसम्म पहुँच पाउँछन् । तर, ट्रम्पको हकमा यस्तो हुने छैन । बाइडेनले ट्रम्पका लागि यस्ता खुफिया जानकारी हुनुको कुनै मतलब नभएको आफूले मानेको बताए । सीबीएससँगको एक अन्तरवार्ताको क्रममा बाइडेनले भने ‘म चाहन्न कि ट्रम्प यस किसिमका कुनै पनि खुफिया जानकारी प्राप्त गरुन् ।’
द गार्डियनमा प्रकाशित समाचार अनुसार बाइडेनले ट्रम्पका लागि यस्ता कुनै पनि ब्रिफिङ गरिनुपर्ने आवश्यकता नभएको बताए । ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन साकीले यो हप्ताको सुरुवातमा यस विषयमा कुरा गर्दै ट्रम्पको लागि खुफिया जानकारी ब्रिफिङ गरिन्छ वा गरिन्न भन्ने विषयमा चर्चा भइरहेको बताएका थिए । केही डेमोक्रेट सांसद र ट्रम्प प्रशासनका पूर्व अधिकारीहरुले समेत ट्रम्पलाई यस्ता जानकारी दिइने विषयमा प्रश्न उठाएका थिए ।







डिसी नेपाल







Facebook Comment