अन्टार्कटिकामा हराएको पर्स सामानसहित ५३ वर्षपछि क्यालिफोर्नियामा सुरक्षित फिर्ता पाउँदा…

डिसी नेपाल
२५ माघ २०७७ १६:०२
1.4k
Shares

काठमाडौं। पल ग्रिशामको पर्स पृप्थीको पिँध अर्थात अन्टार्कटिकामा हराएको थियो । हराएको कैयौं वर्ष बितिसकेको थियो र उनले यसलाई बिर्सिइसकेका थिए । ५३ वर्षपछि ९१ वर्षको उमेरमा सान डिएगोमा पलले त्यो पर्स सामानसहित सुरक्षित रुपमा फिर्ता पाएका छन् । अमेरिकी नेवीका पूर्व भूगर्भविद पललाई १९६० को दशकमा १३ महिनाका लागि अन्टार्कटिकामा काम गर्नको लागि दिइएको असाइनमेन्ट पनि पर्समा सुरक्षित छ ।

‘म निकै खुसी भएँ’ शनिबार आफूलाई पर्स दिइएपछि पलले सान डिएको युनियन ट्रिब्युनसँग भने । पर्समा उनको नेवी परिचय पत्र, चालक अनुमती पत्र, आणविक, जैविक वा रासायनिक आक्रमणका बेला के गर्ने भन्ने जानकारी लेखिएको पकेट रेफरेन्स, एउटा पन्च कार्ड, कर भुक्त विवरण र उनले श्रीमतीलाई पैसा पठाउँदाका मनिअर्डर रसिदहरु थिए ।

एरिजोनाको डगलसमा हुर्किएका पल १९४८ मा अमेरिकी नेवीमा भर्ना भएका थिए । उनी मौसम प्राविधिक बने र पछि मौसम पूर्वानुमानकर्ता बने । १९६७ मा उनलाई वैज्ञानिकहरुलाई सहयोग गर्न अपरेसन डीप फ्रिजको सदस्यको रुपमा अन्टार्कटिका पठाइएको थियो । उनी त्यतिबेला ३०औं दशकको उमेरका विवाहित र दुई सन्तानका पिता थिए । त्यहाँ बस्ने क्रममा उनले पर्स हराए र केही समयपछि यसबारे बिर्सिए । २०१४ मा रस आइल्याण्डको म्याकमुर्डो स्टेशनमा रहेको एउटा भवन भत्काउने क्रममा पर्स एउटा लकरभित्र भेटियो । तर, पर्सका मालिक भेट्न कैयौं इमेल, फेसबुक सन्देश र पुराना सैनिकहरुको एक समूहबीच पत्रहरु आदानप्रदान गरेपछि मात्रै सम्भव भयो ।

न्यू ह्याम्पशायरका स्टेफेन डिक्याटो र उनकी छोरी सारा लिण्डबर्ग, इण्डियानाका ब्रुस म्याक्की तथा ४५ वटा गैरनाफामूलक संस्थाहरुले पूर्व नेवीका आइडी ब्रासलेटहरु मालिककहाँ पुर्याउन योगदान गरेका थिए । डिक्याटोले पनि अन्टार्कटिकामा काम गर्ने एक एजेन्सीमा काम गरेका थिए । उनका पूर्वमालिक जर्ज ब्लेसडेलले यसबारे सुनेपछि भवन भत्काउँदा भेटिएका दुई आइडी ब्रासलेट पनि डिक्याटोलाई पठाएका थिए ।

डिक्याटोकी छोरी लिण्डबर्गले नेवल वेदर सर्भिस एसोसिएसनमार्फत पल ग्रिशामलाई फेला पारेकी थिइन् । अर्को पर्सका मालिकको भने २०१६ मा मृत्यु भइसकेको थियो, पर्स उनका परिवारलाई दिइयो । ग्रिशामले १९७७ मा नेवीबाट अवकाश पाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *