अमेरिकाले लगाएको सबै प्रतिबन्धहरु हटाउन इरानको माग

डिसी नेपाल
२५ माघ २०७७ २१:०८
52
Shares

तेहरान । पश्चिमा मुलुकले इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता चाहन्छन् भने त्यस पहिले संयुक्त राज्य अमेरिकालाई सबै प्रतिबन्ध हटाउनदवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताएका छन् ।

आइतवार इरानी राज्य सञ्चालित तस्निम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गर्दै उक्त समाचार लेखेको छ । ” खामेनीले इरानी सेनाको एयर कमान्डरहरूसँगको एउटा कार्यक्रममा भने, “उनीहरू (यूरोपेली मुलुक)ले यदि इरान सन् २०१५ मा विश्वका प्रमुख शक्ति राष्ट्रहरूसँग गरेको बृहत् कार्ययोजनामा फर्कन चाहन्छन् भने उनीहरूले संयुक्त राज्य अमेरिकालाई इरानमाथिका सम्पूर्ण प्रतिबन्ध पूर्ण रूपमा हटाउन पहल गरून् ।”

उनले भने, “यदि सबै इरानमाथि अमेरिकाले लगाएका सबै प्रतिबन्धहरू प्रभावकारीरूपमा हटेको पाइएमा इरानले आफूसहित विश्वका शक्ति राष्ट्रहरूबीच भएको आणविक सम्झौता (संयुक्त बृहत कार्य योजना) लाई मान्न बाध्य हुनेछ ।”

इरानको आधिकारिक नीति पक्कैपनि यही हो । राजनीतिक नेताहरूसँग गरेको सहमति निश्तिरूपमा कार्यान्वयनमा जानुपर्छ तर सहमतिको अर्को पक्षले पनि यसलाई पालना गर्नुपर्छ ।

अमेरिका र उसका युरोपेली सहयोगीहरूले सबै प्रतिबद्धताहरूको उल्लङ्घन गरेको दावी गर्दै खामानीले भने, “इरानमाथि यथास्थितिमा कुनै पनि सर्तहरू राख्ने अधिकार उनीहरूलाई छैन ।”

शुरुदेखि नै आफ्ना सबै दायित्वहरू इरानले पूरा गरेको दावी गर्दै खामेनीले भने, “इरानले मात्र सम्झौताको शर्त तय गर्ने अधिकार पाएको छ ।”

सन् २०१५ इरान र संयुक्त राज्य अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन, जर्मनी र युरोपियन युनियनबीच इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने सहमतिपछि तेहरानले आफ्नो आणविक कार्यक्रमका केही अंशलाई कम गर्न वा फिर्ता लिन सहमत भएको थियो ।

सन् २०१८ मा अमेरिकी ट्रम्प प्रशासनले एकतर्फीरूपमा सम्झौताबाट पछि हटेको र इरानमा प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकाले सम्झौताबाट फिर्ता भएको घोषणापछि इरानले पनि सम्झौताका वुँदाहरूबाट क्रमशः पछि हट्ने घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *