सन् २०१७ मा अर्कै ग्रहका एलियन पृथ्वीमा घुम्न आएका थिए

डिसी नेपाल
२६ माघ २०७७ १४:४७
9.6k
Shares

काठमाडौं। हार्वर्ड विश्वविद्यालयका एक प्रमुख वैज्ञानिकले २०१७ मा अर्कै ग्रहका एलियन पृथ्वीमा आएको दावी गरेका छन् । उनका अनुसार एलियनहरु पृथ्वीमा आएका थिए तर पृथ्वीका वैज्ञानिकहरुले यो घटनालाई बेवास्ता गरेका थिए । प्रोफेसर एवी लोएबले एक नयाँ किताबमा यस्तो दावी गरेका हुन् । लोएबले प्रख्यात भौतिकशास्त्री स्टेफन हकिङसँग समेत काम गरिसकेका छन् ।

डेलीमेलका अनुसार प्रोफेसर लोएबले नयाँ किताब ‘एक्स्ट्राटेरेस्ट्रियलः द फर्स्ट साइन अफ यन्टेलिजेन्ट लाइफ बियोन्ड अर्थ’ नामक पुस्तकमा यस्तो दावी गरेका हुन् । ५८ वर्षका इजरायली–अमेरिकी वैज्ञानिक लोएबका अनुसार ४ वर्ष पहिले एक असामान्य आकारको वस्तु देखिएको थियो तर वैज्ञानिक सदुदायले त्यसलाई गलत बुझे । लोएबका अनुसार यो घटना अक्टोबर २०१७ मा भएको थियो ।

त्यतिबेला एक अत्यन्तै तीब्र गतिले उडिरहेको चीजको जानकारी प्राप्त भएको थियो । यसको गति यति अधिक थियो कि यसलाई हेरेर यो कुनै अन्य ग्रहबाट पृथ्वीसम्म आएको जस्तो लाग्थ्यो । तर, कैयौं अन्य वैज्ञानिक र भौतिकशास्त्री प्रोफेसर लोएबसँग सहमत छैनन् । एस्ट्रोफिजिसिस्ट एथन सीगनले फोर्ब्समा लेखेका छन् कि लोएब एक प्रतिष्ठित वैज्ञानिक थिए तर उनले आफ्ना साथी वैज्ञानिकहरुलाई आफ्नो तर्कबारे सहमत गराउन सकेनन् ।

प्रोफेसर लोएबले भने रुढीवादमाथि प्रश्न उठाउनेहरुलाई सजाय दिने परम्परा भएको र आफू यो परम्पराको विरोधी भएको बताएका छन् । ग्यालिलियोले पहिलो पटक ब्रह्माण्डको केन्द्र पृथ्वी नभएको बताउँदा उनलाई पनि सजाय दिइएको लोएबको तर्क छ । यसअघि इजरायलको स्पेस सेक्युरिटी एजेन्सीका पूर्व प्रमुद ह्याम इशदले पनि इजरायल र अमेरिका विगत केही वर्षदेखि एलियनको सम्पर्कमा भएको दावी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *