पार्टीको आधिकारिकता दाबी गर्न ओली निर्वाचन आयोगमा

डिसी नेपाल
२७ माघ २०७७ १२:२३
96
Shares

काठमाडौं। पार्टी आधिकारिकता दाबी गर्न प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार १२ बजे पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका हुन्।

प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्तसहितका आयुक्तहरुसँग संयुक्त रुपमा छलफल गरेका छन्। प्रधामन्त्रीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेकपाका नेता सुवास नेवाङ्गलगायतका नेताहरु छलफलमा सहभागी छन्।

यसअघि प्रचण्ड–माधव नेपाल समूहले आयोगमा पुगेर आधिकारिता दाबी गरेका थिए। आयोगले यसअघि नेकपाको विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न दुवै पक्षलाई माघ १६ मा दुवै पक्षलाई बोलाएका थियो।तर सो छलफलमा पनि ओली पक्ष गएको थिएन।

प्रधानमन्त्री ओलीले आयोगमा पुगेर आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेयता सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.