अमेरिकाको फ्लोरिडामा १५ हजार जनालाई एकैपटक विषाक्त रसायन खुवाउने प्रयास !
काठमाडौं। अमेरिकाको फ्लोरिडामा एकैपटक १५ हजार जना शहरबासीलाई एकैपटक विषाक्त रसायन खुवाउने प्रयास भएको खुलासा भएको छ । ह्याकरहरुको एउटा रहस्यमय समूहले शहरको पानी आपूर्ति प्रणालीलाई नियन्त्रणमा लिएर पानीमा खतरनाक विषालु रसायन मिसाएको खुलासा भएको हो । अधिकारीहरुलाई उद्धृत गर्दै मिररले जनाएअनुसार कसले कम्प्युटर प्रणाली नियन्त्रणमा लियो भन्ने थाहा छैन । यद्यपि पूरै शहरबासीलाई विष दिने प्रयास भने असफल भएको छ र यो रसायनको निकै थोरै परिमाण मात्र पानीमा मिसिन पाएको छ ।
पिनेलास काउन्टी शेरिफले बताएअनुसार ह्याकरहरुले फ्लोरिडाको टाम्पा नजिकै रहेको पानी वितरण प्रणालीको कम्प्युटर प्रणालीमाथि आक्रमण गरेका थिए जुन वितरण प्रणालीले करिब १५ हजार जना नागरिकको लागि पानी आपूर्ति गर्छ । साइबर अपराधीहरुले विषाक्त केमिकलको खतरनाक परिमाण पानीमा मिसाउन खोजेका थिए । उनीहरुले टिमभ्युअर नामक सफ्वेयरबाट कम्प्युटर प्रणालीमा नियन्त्रण हासिल गरेका थिए । यो साइबर आक्रमण ओल्डस्मार क्षेत्रको आपूर्तिका एक कर्मचारीले देखेका थिए ।
शेरिफ बब गुआल्टिएरीले भने ‘ती कर्मचारी आफ्नो नियमित काममा कम्प्युटरको निगरानी गर्दै बसेका थिए । अचानक कम्प्युटर स्क्रिनमा कसैले कम्प्युटरमा नियन्त्रण लिएको पप अप विन्डो देखियो । त्यसपछि कोही व्यक्तिले माउस चलाइरहेको, क्लिक गरिरहेको र प्रणालीलाई चलाइरहेको देखियो ।’ ह्याकरहरुले त्यसपछि पानीमा सोडियम हाइड्रोअक्साइडको मात्र बढाइदिए । यो रसायन सामान्यतया पानीमा अम्लीयपना नियन्त्रण गर्न थोरै मात्रामा प्रयोग गरिन्छ तर यसको उच्च मात्रा निकै खतरनाक हुन्छ । यस्तो देखेपछि कर्मचारीले माथिल्लो निकायलाई तत्काल सूचना दिए । त्यसपछि तत्कालै रसायनको मात्रा कम गरियो ।







डिसी नेपाल







Facebook Comment