बलिउड अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको निधन

डिसी नेपाल
२७ माघ २०७७ १४:२६
1.6k
Shares

काठमाडौं। बलिउड अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको निधन भएको छ । ऋषि कपूरको निधन भएको एक वर्ष नपुग्दै भाइ राजीवको निधन भएको हो । ऋषि कपूरको २०२० को अप्रिल ३० मा निधन भएको थियो । ऋषि कपूरकी पत्नी नीतु कपूरले राजीवको निधन भएको पुष्टि गरेकी हुन् । नीतुले ५८ वर्षीय राजीवको फोटो शेयर गर्दै ‘रेस्ट इन पीस’ लेखेकी छिन् ।

 

View this post on Instagram

 

A post shared by neetu Kapoor. Fightingfyt (@neetu54)

रिपोर्टका अनुसार राजीवलाई हृदयाघघात भएको थियो । लगत्तै दाजु रणधीरले उनलाई चेम्बुरको इनलक्स अस्पताल लिएर गएका थिए । डाक्टरले अस्पतालमा उनलाई मृत घोषित गरेका हुन् । रणधीरले पनि यसको पुष्टि गर्दै एक समाचार वेबसाइटसँग भनेका छन् ‘मैले मेरो भाइलाई गुमाएको छु । डाक्टरहरुले उनलाई बचाउन पूरा कोसिस गरे तर उनी बच्न सकेनन् । म अस्पतालमा छु र उनको शवको प्रतिक्षा गरिरहेको छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.