रेमो डिसुजाले सानैदेखि जातिवादको सामना गर्नु परेको खुलासा

डिसी नेपाल
२७ माघ २०७७ १५:४६
316
Shares

मुम्बइ। बलिउडका चर्चित कोरियोग्राफर तथा फिल्म निर्माता रेमो डिसुजाले आफूले सानै उमेरदेखि जातीय रुपमा विभेदको सामना गर्नुपरेको बताएका छन् । उनले सानो उमेरमै मानिसहरुले आफूलाई आफ्नो छालाको रंगको विषयलाई लिएर अपमानजनक टिप्पणी गर्ने गरेको खुलासा गरेका छन् ।

रेमो डिसूजा बलिउडमा सबैभन्दा प्रतिभाशाली र सफल कोरियोग्राफर मानिन्छन् । उनले अहिलेसम्म आफनो क्यारियरमा धेरै हिट फिल्महरु निर्माण गरिसकेका छन्। कोरियोग्राफरबाट फिल्म निर्माता बन्ने यात्रामा उनले धेरै जातीय उत्पीडनहरु सामना गर्नु परेको खुलासा गरेका हुन् । ‘एबीसीडी’ फिल्मका निर्देशक डिसूजाल भने, ‘मैले बाल्यकालदेखि नै मेरो छालाको रंगका कारण जातिवाद र पूर्वाग्रहको सामना गर्नु परेको थियो ।’

उनले अगाडि भने ‘विदेश भ्रमणमा जाँदा मैले जातिवाद र पूर्वाग्रह जस्ता कुरा अनुभव गरेको छु। जब म हुर्कदै गएँ कतिपय मानिसहरुले मलाई अपमानजनक शब्दहरु भन्ने गर्थे । मैले यस कुरालाई बेवास्ता गरें किनभने मलाई पनि कतै–कतै यस्तो पनि सोच आउँथ्यो कि कतै म उनीहरुले भनेको जस्तै पो छु कि ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.