यूएईबाट सय जना नेपाली नर्सको माग, तलब डेढलाख बढी

डिसी नेपाल
२७ माघ २०७७ १६:२४
620
Shares

काठमाडौं। काठमाडौंको बुद्धनगरमा रहेको प्रेग्रेसिभ प्लेसमेन्ट सर्भिसेज प्रा.लि.ले वैदेशिक रोजगारीका लागि यूएईबाट सय जना नर्स (महिला)को माग आएको जनाएको छ । प्रेग्रेसिभले यूएईको रियाडा होम हेल्थ केयर सर्भिसेज एलएलसी कम्पनीको लागि (लट नम्बर २३६०००) एक सय जना नर्सको लागि माग आएको जनाएको हो ।

वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलबाट यही माघ २६ गते नर्स (महिला)को माग पूर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ। न्यूनतम मासिक तलब यूएई दिराम पाँच हजार अर्थात् एक लाख ५८ हजार चार सय रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क भने लाग्ने छैन। करार अवधि दुई वर्षको हुने उल्लेख गरिएको छ।

विज्ञापन अनुसार आगामी फागुन ४, ५, ६ र ७ गते म्यानपावर कार्यालय काठामाडौंमा अन्तर्वार्ता हुने जनाइएको छ। स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालिमबापतको शुल्क र भिसा स्ट्यापिङ्ग शुल्क यूएई जाने श्रमिकले तिर्नुपर्नेछ।

यस बाहेक अन्य सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने म्यानपावर कम्पनीले जनाएको छ। सेवा शुल्कबापत म्यानपावर कम्पनीलाई कुनै पनि शुल्क तिर्नु नपर्ने जनाइएको छ।

वैदेशिक रोजगारीमा जानुभन्दा अघि ध्यान दिनुपर्ने कुराहरुः

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि विभिन्न कुराहरुमा ध्यान पुर्याउन श्रमिकलाई आग्रह गरेको छ।

विभागले आफ्नो नाममा भिसा प्राप्त भएको निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउन र बुझाएको रकमको भौचर अनिवार्य लिन आग्रह गरेको छ।

कठिनाई पर्दा सजिलो हुने भएकाले आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्न पनि अनुरोभ गरेको छ ।

विभागले विज्ञापन वा सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिन, विदेश जानुअघि अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिन, विदेश जानुअघि आफू जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्न र सो को एकप्रति आफूसँग राख्न पनि आग्रह गरेको छ ।

साथै, विभागले रोजगारीमा जाँदा नेपालको विमानस्थल प्रयोग गर्न र प्रकाशित विज्ञापन सम्बन्धमा थप केही बुझ्नुपरेमा विभागमै सम्पर्क गर्न अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.