राष्ट्रपति पदबाट हटेपछि डोनाल्ड ट्रम्पको अवस्था कस्तो छ ? पत्नी मेलानियाले बताइन्
काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट विदा भएपछि अहिले के गरिरहेका होलान् भन्ने धेरैको चासो छ । आफूलाई निर्वाचनमा धाँधली गरेर हराइएको दावी गरेका ट्रम्प अन्ततः पद छाड्न बाध्य भए र अहिले फ्लोरिडास्थित आफ्नो रिसोर्टमा गएर परिवारसहित बसेका छन् । ट्रम्पका एक पूर्व सल्लाहकारले ट्रम्पकी पत्नी मेलानियालाई उद्धृत गर्दै राष्ट्रपति नरहेपछि ट्रम्पको जीवनमा बति परिवर्तन आएको छ भन्ने बताएका छन् ।
ट्रम्पका पूर्व चुनावी रणनीतिकार समेत रहेका जेसन मिलरले बताएअनुसार मेलानियालाई ट्रम्प राष्ट्रपति रहँदा भन्दा पदमा नरहँदा धेरै खुसी भएको महसुस भएको छ । ट्रम्प आफू ट्वीटरमा पनि छैन भन्ने कुराले पनि खुसी छन् । सण्डे टाइम्सलाई दिएको एक अन्तरवार्तामा मिलरले महाअभियोगको ट्रायलको बावजुद यति धेरै वर्षपछि ट्रम्पको अनुहारमा सन्तोष देखिएको छ ।
मिलरले भने ‘अमेरिकी इतिहासमा अहिलेसम्म केवल ४५ जना त्यो ठाउँमा पुगेका छन् जसलाई थाहा छ कि पूरै संसारको बोझ काँधमा लिएर घुम्दा कस्तो हुन्छ । जब तपाइँलाई ४ वर्षपछि यो थाहा हुन्छ कि अब यो सब तपाइँको जिम्मेवारी होइन, तपाइँ राहतको सास लिन सक्नुहुन्छ ।’ मिलरका अनुसार ट्रम्पले सामाजिक संजालमा नहुनु र घृणाले भरिएको इको च्याम्बरको विषय नबन्नु वास्तवमै राम्रो भएको बताएका छन् । ट्रम्पका ट्वीटरमा ८ करोड ८० लाख फलोअर थिए ।
मिलरका अनुसार नयाँ माहोलमा मेलानिया पनि खुसी छिन् । मेलानियाले ट्रम्प पहिलेभन्दा धेरै खुसी भएको र पहिलेभन्दा धेरै जीवनको मजा लिएको देख्दा आफूलाई खुसी लागेको बताउकी छिन् । ह्वाइट हाउसबाट विदा हुने बेला ट्रम्पको साथमै रहेका मिलनले त्यतिबेला ट्रम्प राम्रो मुडमा रहेको र माहोल नै भावुक भएको बताए । मिलरले ट्रम्पमाथि लगाइएको महाअभियोगमा ट्रम्प दोषी ठहर नहुनेमा आफू विश्वस्त भएको बताएका छन् । ट्रम्पले समेत यो कुराले दबाब महसुस नगरेको उनले बताए ।







डिसी नेपाल







Facebook Comment