सुधार्छु भनेर यौन अपराधीसँग प्रेम गरिन्, अपराधीले १३ वर्षकी छोरीलाई बलात्कार गरेर मारिदिए
काठमाडौं। एक महिलाले दोषी ठहर भएका यौन अपराधीलाई आफूले सुधार्न सक्छु भन्ने सोचले अपराधीसँग प्रेम गरिन् । तर, ती अपराधीले महिलाकी १३ वर्षकी छोरीलाई बलात्कार गरी हत्या गरेर फरार भएका छन् । भिक्टोरिया क्राभ्त्सोभा नामकी १३ वर्षकी बालिकालाई बलात्कार गरी हत्या गरेका आरोपी निकिता सिल्नोभ अहिले रुसमा फरार छन् ।
३३ वर्षका सिल्नोभ ४० वर्षकी जेल अधिकारी वार्डर एकातेरिना शोलोकोभासँग सम्बन्धमा थिए । सिल्नोभले एकातेरिना कार्यरत जेलमा ११ वर्षको सजाय काटेर बाहिर निस्किएपछि नै उनी एकातेरिनासँग सम्बन्धमा थिए । रुसी पुलिसले बालिका हत्या गरिनुअघि बलात्कृत भएकी थिइन् वा थिइनन् भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।
द सनको रिपोर्टअनुसार एकातेरिनाले छोरीलाई प्रेमी सिल्नोभसँग नेलिदोभोस्थित घरमा छाडेर आफू अस्पताल गएकी थिइन् । अस्पतालमा उनलाई छोरीको फोन आएको थियो र छोरीले कुकुरलाई घुमाउन लैजान लागेको बताएकी थिइन् । तर, त्यसपछि छोरीले आमाको कुनै पनि म्यासेजको जवाफ दिन सकिनन् । सिल्नोभले पनि एकातेरिनाको फोन उठाउन छाडेका थिए ।
महिलाले तत्कालै इमरजेन्सीमा फोन गरेर आफ्नो घर जाँच गर्न भनिन् । अधिकारीहरुले उनको घरमा बालिकाको शव फेला पारेका थिए । सिल्नोभ हराएका थिए र एकातेरिनाको ल्यापटप, क्रेडिट कार्ड र भुवादार कोट हराइरहेका थिए । सिल्नोभले ट्याक्सी लिएर त्यहाँबाट भागेको बताइएको छ । सिल्नोभ अहिले रुसको संघीय वान्टेड सूचीमा छन् ।
सिल्नोभ २०१९ मा जेलबाट छुटेका थिए । बलात्कारपछि हत्या गरेको अभियोगमा १५ वर्षको सजाय पाएका उनले चाँडै छुट्न पाउने सुविधा पाएपछि ११ वर्षमै छुटेका थिए । जेलमा ११ वर्ष बिताएर छुटेपछि उनी एकातेरिनासँगै बस्न थालेका थिए । उनीहरुको भेट सिल्नोभले सजाय काट्दै गर्दा भएको छ । हत्याको मुद्दा दर्ता गरिएको छ र बालिकाको अन्तिम संस्कार मंगलबार गरिएको छ ।







डिसी नेपाल







Facebook Comment