प्रहरीहरू पनि विरोधप्रदर्शनमा

डिसी नेपाल
२८ माघ २०७७ १८:३८
116
Shares

बीबीसी । म्यान्मारको पूर्वी कया प्रान्तमा दर्जनौँ प्रहरीहरूले सैन्य कूविरुद्ध आयोजित र्‍यालीप्रति समर्थन व्यक्त गर्दै छुट्टै प्रदर्शन गरेका छन्।

स्थानीय सञ्चारमाध्यम म्यान्मार नाऊका अनुसार उनीहरूले हामी जनताको साथमा छौँ र हामी तानाशाही चाहँदैनौँ भन्ने आशयका पोस्टरहरू बोकेका थिए।

एक प्रदर्शनकारीका अनुसार झन्डै ४० जना प्रहरी त्यसरी विरोध प्रदर्शनमा सहभागी भएका थिए। उनीहरूले पछि प्रदर्शनकारीहरूलाई अरू प्रहरीबाट जोगाउन खोजेको देखिएको थियो। अर्का एक प्रत्यक्षदर्शीका अनुसार त्यसरी प्रदर्शन गर्ने प्रहरीलाई पछि पक्राउ गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *