बहराइनमा रुसी खोप लगाउन अनुमति
मनामा । बहराइनमा रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले बुधबार स्पुट्नीक भी खोपलाई आपत्कालीन अवस्थामा उपभोगका लागि अनुमति दिइएको हो ।
राष्ट्रिय स्वास्थ्य नियामक निकाय ९एनएचआरए०ले स्पुट्नीक भी पनि कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्नेगरी अनुमति दिइएको जनाएको छ ।
“वैज्ञानिक तथा चिकित्सकीय परीक्षण गर्दा यो खोप पनि उपभोगका लागि उपयुक्त देखिएकाले प्रयोग गर्न अनुमति दिइएको हो,” एक अधिकारीले भने ।
उनीहरूले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा पनि जोड दिएका छन् । बहराइनमा कोरोनाविरुद्धका अन्य खोपहरूको प्रयोग भने यसअघिदेखि नै हुँदै आएको थियो ।







डिसी नेपाल







Facebook Comment