७.७ म्याग्नेच्युडको भूकम्पपछि अस्ट्रेलिया–न्यूजिल्याण्ड क्षेत्रमा सुनामीको खतरा

डिसी नेपाल
२९ माघ २०७७ १०:२४
644
Shares

अस्ट्रेलिया, न्यूजिल्याण्ड नजिकै रहेको टापु न्यू क्यालेडोनियामा बुधबार बेलुकी आएको शक्तिशाली भूकम्पका कारण त्यस क्षेत्रमा सुनामीको खतरा उच्च भएको छ । दक्षिण प्रशान्त महासागरको न्यू क्यालेडोनियामा ७.७ म्याग्नेच्युडको भूकम्प आएपछि अस्ट्रेलिया, न्यूजिल्याण्ड, फिजी लगायतका देशमा अलर्ट जारी गरिएको छ । सुनामी वार्निङ सेन्टरका अनुसार भूकम्पपछि ३ फिट अग्ला लहर उठेका थिए । यसबाट अस्ट्रेलिया, न्यूजिल्याण्ड र भानुआटुमा धेरै खतरा छ ।

युएस जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्र केलेडोनियाबाट ४१५ किलोमिटर टाढा समुद्रमा १० किलोमिटर गहिराइमा थियो । न्यूजिल्याण्ड, भानुआटु र अन्य प्रशान्त द्विपमा भूकम्प आउने खतरा सधैं रहन्छ । यो क्षेत्र महासागरको चारैतिर भूकम्पीय फल्ट लाइनको श्रृंखला रिंग अफ फायरसँगै अवस्थित छ । दक्षिणी प्रशान्त महासागरमा रहेको न्यू केलेडोनिया फ्रान्सद्वारा नियन्त्रित छ । एक अनुमानका अनुसार विश्वमा कूल निकेलको भण्डारको लगभग १० प्रतिशत यहीँ छ । निकेल इलेक्ट्रोनिक उपकरणहरुमा प्रयोग हुन्छ । त्यसैले फ्रान्सको लागि यो क्षेत्र निकै महत्वपूर्ण छ । चीनको बढ्दो गतिविधिका कारण यसको सामरिक महत्व पनि बढेको छ । न्यू केलेडोनियाबाट हुने निर्यातको ठूलो हिस्सा चीन जान्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *