ट्रम्प समर्थकबाट अमेरिकी संसद भवन जोगाउँदा ५८ अर्ब खर्च

डिसी नेपाल
२९ माघ २०७७ ११:०८
940
Shares

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरेपछि सुरक्षाका लागि राजधानी वाशिङटन डिसीमा २६ हजार नेशनल गार्डका जवान तैनाथ गर्दा करिब ५०० मिलियन डलर (५८ अर्ब नेपाली रुपैयाँ) खर्च भएको बिहीबार अमेरिकी सुरक्षा अधिकारीहरुले बताएका छन् । जनवरी ६ मा ट्रम्प समर्थकहरुले क्यापिटलहिलमा आक्रमण गरेपछि बाइडेनको शपथ ग्रहण नहुँदासम्म वाशिङटनमा ठूलो संख्यामा नेशनल गार्ड तैनाथ गरिएका थिए ।

मिलिट्री टाइम्सका अनुसार सुरक्षाका लागि राजधानी डिसीमा ५० राज्य र ४ टेरीटोरीबाट सुरक्षाकर्मी बोलाइएका थिए । कानुन कार्यान्वयन एजेन्सीहरुले राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहका बेला क्यापिटललाई लकडाउन नै गरेका थिए । हजारौं सुरक्षाकर्मीहरु राजधानीमा ट्राफिक संचालन रोक्न र सांसदहरु तथा ल्याण्डमार्कको सुरक्षा गर्न परिचालित थिए ।

अधिकारीहरुका अनुसार सम्बन्धित राज्यबाट सुरक्षाकर्मीलाई वाशिङटन डिसी ल्याउन, उनीहरुको तलब र अन्य सुविधा, उनीहरुको आवास र अन्य अत्यावश्यक कामको लागि करिब ५०० मिलियन डलर खर्च भएको छ । अधिकारहिरु यस विषयमा सार्वजनिक रुपमा बोल्न अधिकार प्राप्त छैनन् र आन्तरिक तथ्यांकबारे पहिचान नखुलाइ जानकारी दिएका हुन् । संघीय सरकारले यी सुरक्षाकर्मीहरुलाई ३० दिनभन्दा धेरै समयसम्म तैनाथ गरेकोले उनीहरुको स्वास्थ्य सुविधा पनि संघीय सरकारले नै व्यहोरेको थियो ।

अधिकारीहरुका अनुसार यो सबै रकम मध्य मार्चसम्म भुक्तानी दिइने अपेक्षा गरिएको छ जतिबेला यी सुरक्षाकर्मीहरु आफ्नो ठाउँमा फर्किनेछन् । ५ हजारदेखि ७ हजार जवान अझै मार्च १४ सम्म वाशिङटनमा रहने तालिका तय छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अझै हिंसा हुन सक्ने चेतावनी दिँदै पर्यटन बुलेटिन पनि जारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *