जो बाइडेन–शी जिनपिङको पहिलो टेलिफोन वार्तामै कडा चेतावनी

डिसी नेपाल
२९ माघ २०७७ ११:३२
6.8k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपतिको जिम्मेवारी ग्रहण गरेको २२ दिनपछि राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग टेलिफोनमा कुराकानी गरेका छन् । राष्ट्रपतिको जिम्मेवारी सम्हालेको सुरुवातमै बाइडेनले चीनलाई चेतावनी दिएका छन् । बाइडेनले राष्ट्रपति बनेपछि जिनपिङसँगको पहिलो कुराकानीमै हङकङको मानवअधिकारको मुद्दा उठाएका छन् । यो विषयमा चीन र अमेरिकाबीच यसअघि कैयौं पटक विवाद भइसकेको छ ।

अमेरिकाले हङकङमा लोकतन्त्र बहाली र त्यहाँका जनतालाई मानवअधिकार उपलब्ध गराउने माग गर्छ । चीनले भने त्यहाँ कडा प्रतिबन्ध लगाएको छ । गत वर्ष मात्रै हङकङमा नयाँ सुरक्षा कानुन लागू गरिएको छ । सीएनएनको रिपोर्टअनुसार बाइडेन र शीबीच भएको कुराकानीमा दुई देशको आपसी हितको बारेमा पनि चर्चा भएको छ । बाइडेनले हङकङप्रति चीनको रवैयाबारे चिन्ता व्यक्त गर्दै त्यहाँको स्थितिको सुधारमा जोड दिए ।

बाइडेनले शिनजियाङ प्रान्तमा मुस्लिमहरुलाई प्रताडित गरिएको विषय पनि उठाएका छन् । ह्वाइट हाउसका एक बरिष्ठ अधिकारीका अनुसार बाइडेनले मानवअधिकारको मुद्दा केवल अमेरिका नभइ विश्वको लागि चिन्ताको विषय भएको बताए । यस विषयमा कडाइका साथ काम गर्ने बताउँदै बाइडेनले अमेरिकाले आफ्ना नागरिकको हितका विषयमा कुनै सम्झौता नगर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *