क्रुर सौतेनी आमाले श्रीमानको २ वर्षको छोरालाई जिउँदै पानीमा उमालिदिइन्

डिसी नेपाल
२९ माघ २०७७ १४:००
1.7k
Shares

काठमाडौं। एक क्रुर सौतेनी आमाले श्रीमानको २ वर्षको छोरालाई जिउँदै उमालिदिएकी छिन् । बच्चासँग झगडा भएपछि उनले बच्चालाई उमालेकी हुन् । जोर्डनकी ती महिलालाई यो अपराधको लागि २० वर्षको जेल सजाय सुनाइएको छ । ती सौतेनी आमाको नाम खुलाइएको छैन । उनलाई उनका श्रीमानले २ वर्ष र २ वर्षका २ बच्चाको हेरविचार गर्न भनेका थिए ।

२ वर्षका सौतेनी छोरासँग चर्को विवाद परेपछि उनले ती बालकसँग बदला लिने निर्णय गरेकी थिइन् । अदालतको दस्तावेजका अनुसार उनले ती बालकलाई २०१८ को अक्टोबर १ का दिन उमालेकी थिइन् । ती सौतेनी आमाले बाथटबमा उम्लिरहेको पानी खन्याएर त्यही पानीमा बच्चालाई हालिदिएकी थिइन् । जब बच्चा आत्तिएर चिच्याउन थाले त्यसपछि उनले बच्चालाई त्यहाँबाट निकालेर नजिकको अस्पताल लगेकी थिइन् तर २ हप्तापछि बालकको मृत्यु भयो ।

द सनको रिपोर्टअनुसार अदालतले उनको यो कार्यलाई जघन्य हिंसा ठहर गरेको छ । दस्तावेजका अनुसार उनले यसअघि पनि बच्चाहरुसँग क्रुर व्यवहार गर्ने गरेकी थिइन् । उनका कानुन व्यवसायीले उनले कहिल्यै हत्याको आरोप स्वीकार नगरेको तर्क गर्दै फैसला उल्ट्याउन माग गरेका थिए तर जोर्डनको सर्वोच्च अदालतले कानुनी प्रक्रिया सही भएको र २० वर्षको सजाय उचित भएको ठहर गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *