नयाँ खुलासाः यसरी भएको थियो इरानी परमाणु वैज्ञानिकको हत्याको ८ महिना लामो पूर्वतयारी
काठमाडौं। स्थान इरानको राजधानी तेहरान । मिति र समय २७ नोभेम्बर २०२० बेलुकी करिब ६ बजे । उच्च सुरक्षा क्षेत्रबाट ५ वटा काला गाडी निस्किन्छन् । अचानक एक गाडीमाथि भारी गोलीबारी हुन्छ । केही समयमै एक कारमा बसेका वृद्ध एकतर्फ ढल्छन् । गाडीहरु रोकिन्छन् । यही बेला केही दूरीमा रहेको एक पिकअप भ्यानमा विष्फोट हुन्छ । धुलो र धुवाँ जब हट्छ त्यसपछि थाहा हुन्छ इरानका सबैभन्दा ठूला परमाणु वैज्ञानिक मोहसिन फखरिजादेह मारिइसकेका छन् ।
कैयौं प्रश्न उठे । मोहसिनलाई कसले र किन मार्यो ? योभन्दा पनि ठूलो प्रश्न – मोहसिनको हत्या आखिर सम्भव कसरी बनाइयो ? इरानी जाँच एजेन्सीहरुले शंका त अमेरिका र इजरायलमाथि गरिरहे । तर, प्रमाणको नाममा उनीहरुको हात आज पनि खाली छ । घटनाको अढाइ महिनापछि इजरायलकै एक अखबार जेविस क्रोनिकलले मोसादको यो अपरेशनको खुलासा गरेको छ । अखबारले एक विशेष रिपोर्टमा ती सबै रहस्यको खुलासा गरेको छ जो इरानले अझै पक्त लगाउन सकेको छैन ।
इजरायल, अमेरिका र अरब देशले इरानलाई परमाणु शत्तिः बनेको देख्न चाहँदैनन् । इजरायलको निशानामा इरानी परमाणु वैज्ञानिक पहिले पनि परिसकेका छन् । केही वैज्ञानिक मोहसिनजस्तै मारिएका पनि छन् । इजरायली अखबारको रिपोर्टमा भने यो पूरै अपरेशन इजरायलको खुफिया एजेन्सी मोसादको भएको खुलासा गरिएको छ । यसमा मोसादका केही इरानी एजेन्ट पनि संलग्न थिए । कूल २० एजेन्टले यो मिशन पूरा गरेका थिए ।

मोसादसँग मोहसिनको हरेक गतिविधिको जानकारी थियो । इसको लागि ८ महिनासम्म रेकी गरिएको थियो । यसका लागि हरेक किसिमका इन्टेलिजेन्स उपकरण प्रयोग गरिएको थियो । मोहसिनले ६ वर्ष पहिले २०१४ मा आणविक कार्यक्रमको नेतृत्व लिएका थिए । तर, इजरायलले उनलाई लक्ष्य त्यतिबेला बनायो जब उनी यो कार्यक्रममा सफल हुन लागेका थिए । यही कारण मोहसिन इजरायल, अमेरिका र अन्य खाडी देशको नजरमा पहिलेदेखि नै खट्किरहेका थिए ।
५९ वर्षका मोहसिनलाई ‘फादर अफ द बम’ भनिन्थ्यो । उनलाई १३ गोली लागेका थिए । छेउमा बसेकी पत्नी र अन्य गाडीहरुसहित १२ जना बडीगार्ड भने सुरक्षित रहे । इरानका एक अधिकारीले बताएअनुसार ६२ बन्दूकधारीहरुले मोहसिनको हत्या गरेका थिए । तर, यो दावीको पछाडि इरानसँग कुनै प्रमाण भने छैन । अहिले अपरेशनको वास्तविकता इजरायलले नै खुलासा गरेको छ ।
यसरी पूरा भयो अपरेशन
८ महिनाको तयारी गरियो । २० एजेन्टको टिम थियो । इजरायलबाट एक टन तौल भएको मेसिनगनलाई तस्करीको माध्यमबाट इरानमा रहेका एजेन्टसम्म पुर्याइएको थियो । निशान कम्पनीको पिकअप भ्यान किनियो । भ्यानको छतमा मेसिनगन फिट गरियो । दिन र समय तय गरियो । मोहसिनको गाडी बाटोमा जाँदै गर्दा उनीमाथि आक्रमण गरियो ।
मोसादका एजेन्टले मोहसिनको हत्याको प्रमाण सुरुवातमै नष्ट गरिसकेका थिए । उनीहरुले त्यो पिकअप भ्यानलाई बम पड्काएर उडाइदिए जुन भ्यानको छतमा मेसिनगन फिट गरिएको थियो । धुलो र धुवाँको आडमा एजेन्टहरु फरार भएर सुरक्षित स्थानमा पुगे । रिपोर्टमा दावी गरिएअनुसार यो पूरै अपरेशन केवल मोसादले पूरा गरेको थियो र अमेरिका वा अन्य कुनै देश संलग्न थिएनन् ।







डिसी नेपाल







Facebook Comment