अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध लगाइएको महाअभियोग फेल
काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोग फेल भएको छ । शनिबार दोस्रो महाअभियोगको ट्रायलपछि ट्रम्प बरी भएका हुन् ।
शनिबार भएको मतदानमा ५७ जना सिनेटरले ट्रम्पलाई दोषी ठहर गर्ने पक्षमा मतदान गरे । ४३ जना सांसदले ट्रम्पको पक्षमा मतदान गरे । महाअभियोग प्रस्ताव पारित हुने दुई तिहाइ बहुमत चाहिनेमा बहुमत पुग्न नसकेपछि महाअभियोग प्रस्ताव फेल भएको छ।
६ जनवरीमा संसद भवन क्यापिटल हिलमा भएको हिंसालाई लिएर ४ दिनसम्म चलेको बहसपछि शनिबार मतदान भएको थियो । महाअभियोग प्रस्ताव फेल भएपछि ट्रम्पले ड्मोक्रेटिक पार्टीको नाम नलिइ भने ‘यो समयमा यो भन्नु निकै दुखद छ कि अमेरिकाको एक पार्टी कानुनी शासनलाई कलंकित गर्नको लागि निःशुल्क पास बाँडिरहेको छ । कानुन पालना गराउने एजेन्सीहरुको अपमान भइरहेको छ ।
भीडलाई भड्काइँदैछ र दंगा गर्नेहरुलाई माफ गरिँदैछ । न्याय तन्त्रलाई राजनीतिक बदलाका लागि प्रयोग गरिँदैछ । जो उनीहरुसँग असहमत छन् उनीहरुलाई या त दबाइँदैछ या ब्ल्याकलिस्ट गरिँदैछ ।’







डिसी नेपाल







Facebook Comment